पर्सा । पर्साको पर्टेवासुगौली गाउँपालिका वडा नम्बर १ सिरहीका २४ वर्षीय उमेश ठाकुरको मृत्यु भएको हो ।

पर्सामा लेनदेनको विषयमा झगडा हुँदा घाइते भएका युवकको उपचारको क्रममा वीरगञ्जको अस्पतालमा मृत्यु भएको छ ।

गएको मंसिर २४ गते बिहान लेनदेनको विषयमा पर्टेवासुगौली गाउँपालिका वडा नम्बर १ रंगपुर टाँडीका ३० वर्षीय आनन्दप्रसाद थारु र उमेश ठाकुरबीच झगडा भएको थियो । सो क्रममा उमेश गम्भीर घाइते भएका थिए ।

उनको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः०५ मा मृत्यु भएको हो । खाजा खाएको पैसा नदिएको भन्दै होटल सञ्चालक थारुले झगडा गर्नुको साथै गलबन्दीले ठाकुरको घाँटी थिचेको प्रत्यक्षदर्शीको भनाइ छ ।

नास्ता खाएको निहुँमा छिमेकी भाइको हत्या भएको स्थानीय धर्मेन्द्र साहले बताए ।
‘अघिल्लो दिन भाइले होटलमा खाजा खाएको १ सय रुपैयाँ थारुको आमाले लिइसकेका रहेछन् । तर उसले पैसा दिएको छैन भनेर भाइसँग झगडा गरेछन्,’ उनले भने, ‘उनले घाँटी थिचेर घाइते बनाएपछि उपचारका लागि वीरगञ्ज लगिएको थियो । आज बिहान चिकित्सकले मृत घोषित गरिदिए ।

अस्पतालका चिकित्सडक डाक्टर श्यामबाबु पटेलका अनुसार मृतकको टाउकोमा रगत जमेको पाइएको जनाएको छ । ‘घाँटीमा गम्छाले कसिएको रहेछ, बेहोस भएपछि लडेर उनको टाउको भुँइमा ठोक्किएको रहेछ । त्यसपछि टाउको भित्र रगत जमेर मृत्यु भएको देखिन्छ ।’ उनले भने ।

प्रहरीले उमेश ठाकुरको हत्या अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पर्टेवासुगौली गाउँपालिका–१ रंगपुर टाँडीका ३० वर्षीय आनन्दप्रसाद थारुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा मृतकका दाई केशव ठाकुरले आरोपी विरुद्ध जाहेरी दिइसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय