• नरेन्द्र महताे

गाैशाला । नेपाल पत्रकार महासंघ महाेतरी शाखाको ११ औं साधारणसभा सम्पन्न भएकाे छ ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ महाेतरी शाखाको ११ औं साधारणसभा अाइतबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ महाेतरी शाखाका अध्यक्ष कमलेश मण्डलकाे अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार कुमरकान्त झा र प्रमुख अतिथि एवम केन्दिय सदस्य सितल महताेकाे उपस्थितिमा ११ औं साधारणसभा सम्पन्न भएको छ ।
सो साधारणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव शितल महतो लगायत महाेतरी शाखामा आबध पत्रकारहरुको उपस्थिति रहेको थियो ।
महाेतरी शाखामा अहिले ३६ जना पत्रकारहरु आबद्ध छन् । साधारणसभाको अवसरमा शाखाका अध्यक्ष कमलेश मण्डल तथा सचिव महेश दासले शाखाको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने वार्षिक आयव्यव विवरण कोषाध्यक्ष अजय सिंहले प्रस्तुत गरेका थिए ।
साधारणसभाको बन्द शत्रमा प्रस्तुत गरिएको सो प्रतिवेदनहरुमाथि छलफल गरिएको थियो । उक्त प्रतिवेदनहरुमाथि छलफल पश्चात तालि बजाएर पास गर्दै साधारणसभा सफलताका साथ सम्पन्न भएको अध्यक्ष मण्डलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय