जनकपुरधाम । महिला साना किसान कृषि सहकारी संस्था लक्ष्मीनियाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार लक्ष्मीनियाँ बजारस्थित संस्थाले आफ्नो आय–व्यय विवरण प्रस्तुत गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

संस्था सञ्चालन भएको अवधिदेखि अहिलेसम्म बिपन्न वर्ग, किसान र व्यपारी गरी जम्मा ६ सय ८९ सेयर सदस्य बनाएका छन् । यस अवधिमा संस्थाले कार्तिक मसान्तसम्म मात्र दुई करोड ९ लाख ४४ हजार रुपैयाँ ऋण लगानी गरेका छन् भने संस्थाको सेयर पुँजी १४ लाख ८४ हजार पुगेको संस्थाका शाखा प्रबन्धक सरोज यादवले जानकारी दिए ।

एनको अनुसार यस संस्थाले सस्तो ब्याज दरमा ऋण लगानी गर्दै आएका छन् । महिलालाई स्वरोजगार बनाउन संस्थाले ९ देखि १४ प्रतिशत सम्म व्यावसाय अनुसार दिने गरेका छन् । संस्थामा बचत गर्ने सदस्यलाई ८ देखि १० प्रतिशतसम्म ब्याज पनि दिने गरेको उनले जानकारी गराए ।

संस्थाले बनाएको भावी रणनति बारे जानकारी गराउँदै छिट्टै भवन निर्माण गर्ने, शुपथ सहकारी पसल सञ्चालन गर्ने र नेपाल सरकारले तोकेको मूल्यमा किसानसंग धान खरिद गर्ने योजना बनाएको छ ।

कार्यक्रममा लक्ष्मीनिया गाउँपालिकाकी उपप्रमुख इन्द्रकला देवीले जिल्लामा रहेका अधिकांस सहकारी संस्थाहरु मध्ये साना किसान कृषि सहकारी संस्थाले छुट्टै पहिचान बनाएको भन्दै यस्तो संस्थालाई सहयोग गर्न पालिका तयार रहेको बताइन् ।

कम समयमा महिलालाई सशक्त बनाउन लागेको संस्थालाई भवन निर्माणको लागि २५ लाख रुपैया सहयो गर्ने घोषणा गरिन् । धान भण्डारणको लागि पालिकाले संस्थालाई धान भण्डारण कोठा उपलब्ध गराउने उनले प्रतिबद्धता गरिन् ।

साना किसान कृषि सहकारी संस्था लक्ष्मीनियाँको अध्यक्ष बबिता देवी यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कृषि सहकारी प्रदेश २ का अध्यक्ष राम कुमार महतो र साना किसान सबैलाको प्रवन्धक दिपनारायण पुर्वे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय