जनकपुरधाम । नेपाल-भारत सीमानाका जटहीमा एक महिलाको शंकास्पद शव फेला परेको छ ।

धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ जहटी बोर्डरस्थित दुर्गापट्टी खोला नजिक परालको कुइनो नजिकै सडेको अवस्थामा शव फेला परेको हो ।

लामो समय बितिसकेकोले शव गन्हाईरहेको अवस्थामा फेला परेको सिमा प्रहरी चौकी जटहीले जनाएको छ । घाँस काट्न गएका केही स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जटहि भन्सारदेखि ५ सय मिटर पुर्व नेपाल भारतको सिमामा पहिचान खुल्न नसकेको अन्दाजी २०÷२२ वर्षीया महिलाको वेवारिस शवको शरीर डोरीले बाँधिएको अवस्थामा रहेको र आधा शरीर जनावरले खाईसकेको अवस्थामा भेटिएको सीमा प्रहरी चौकी जटहीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनु श्रेष्ठले बताए ।

उनले महिलाको कसैले हत्या गरेर फालिएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय