• सन्तोष रंजितकार

बिरगंज । बिरगंज भवानी हस्पिटलमा कार्यरत डा.अशोक गुप्तालाई भन्सारमा खटिएका सशस्त्र प्रहरीले कुटपिट गरि घाइते बनाएका छन ।

परिवारजनका ब्यक्तिलाई रक्सौल छोड्न जाने क्रममा सशस्त्र प्रहरीले उनि चढेको मोटर साइकल रोके पछि ‘ म रक्सौल पारी जाने होइन, शंकारचार्य गेट सम्म छाड्न जाने हो’ भन्ने आग्रह गरे पछि पनि सुरक्षामा खटिएका प्रहरी जवानले जान न मिल्ने भन्दै गर्दा त्यही बाटो भएर गइरहेको अन्य सवारी चालकहरू तर्फ देखाएर डाक्टरले उनिहरु लाई जान हुने म चै किन न हुए भनेर प्रतीप्रश्न गर्दा मुखमुखै लाग्छस भन्दै सशस्त्र प्रहरीका जवानले पछाडि बाट टाउकोमा लाठी प्रहार गरि घाइते बनएको डा.अशोक गुप्ताले अंकुश लाई बताए ।

दाेषी प्रहरी माथी कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिने डा.गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय