अनुगमन फितलाे कारण अनुमति लिएका मदीरा पसलकाे बिक्रिमा कमि व्यापारीकाे गुनासाे
  • नरेन्द्र महताे

महोत्तरी । महाेत्तरी जिल्लाकाे गाैशाला वजारमा लाेकल( मदिरा)रक्सीकाे विक्रि वितरणमा विग विगि बढेकाे छ । नेपाल सरकार सँग अनुमति लिनेहरुलाई मात्र रक्सी विक्रि गर्ने अादेश दिएकाे भए पनि गाैशाला वजारमा खुलेअाम रुपमा अनुमति नलिएका पसलहरुमा रक्सीकाे विक्रि भईरहेकाे र अनुमति लिएका रक्सी पसलहरुकाे विक्रिमा कमि अाएकाे मुस्कान टेड्रसका प्राे.विक्रम साहले गुनासाे गरेका छन ।

याे वजारमा १५ वटा पसल मात्र दर्ता भएकाे र ५० वटा मदीरा पसल विना दर्ताकाे रहेकाे छ। यति मात्र हाेईन गाैशाला नगरपालिलामा रहेकाे कान्तिवजार ,दिपेन्द्र वजार ,विरेन्द्र वजार, सुर्ति विकास बजार र चिनि मिलमा लागने वजारहरुमा खुल्ला रुपले रक्सी विक्रि भईरहेकाे छ ।सरकारलाई वर्षकाे एक लाख भन्दा वढिकाे राजस्व तिर्नु परेकाे छ ।तर अनुमति विनाकाे पसलहरुमा रक्सी खुलेयाम रुपमा विक्रि गरेकाे कारण राजस्व तिर्न हमे हमे परेकाे उनिहरुकाे भनाई छ ।देशमा तिन तहकाे सरकार भए पनि पनि मुखदर्शक भएकाे कारण याे अवस्था अाएकाे साहले बताए । नगर प्रहरी भए पनि नगरपालिकाले विना दर्ता भएकाे रक्सी पसलहरुलाई कुनै कर्वाई नगरेकाेमा दर्ता भएकाे पसलका प्राेप्रईटरहरुले चिन्ता व्यक्त गरेका छन ।

स्थानिय सरकारकाे अधिकार भए पनि अनुगमन कार्य फितलाे भएकाे कारण रक्सी पसलहरु धरासाहि बन्दै गईरहेकाे उनिहरुकाे भनाई छ ।यता अनुगमन नभएकाे कारण दर्ता भएका पसलहरुमा विक्रि कमि भएकाे हाेला तर निकट भविष्यमा अनुगमन टाेलिकाे बैठक गरी अगामि कदम चालिने प्रवक्ता भाेज बहादुर दर्लामि जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय