ढल्केवर (धनुषा) । धनुषा जिल्लाको विरेन्द्रबजारमा एक यात्रुलाई बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवरका अन्दाजी बर्ष ३७ को विवेक बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको ना.५ ख. ६१२३ नम्बरको यात्री बाहक बसले ढल्केवरबाट गोदारतर्फ गइरहेको ज.११ प. ९५८८ नम्बरको मोटरसाइकलमा सोमबार राति अन्दाजी ११ बजे ठक्कर दिएको थियो ।
पोष्टमार्टमका लागि मोटरसाइकल चालक विवेकको शबलाई प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय