• रबिन्द्र प्रजापति

रौतहट । रौतहटको गढीमाईमा सोमबार सामुदायिक प्रहरी साझेदारी कार्यक्रमा सञ्चालन भएको छ । गढीमाइ नगरपालिकाको वडा नं.६ स्थित राष्ट्रिय प्राथमिक बिद्यालय सिगारवनको प्राङणमा सोमबार सामुदायिक प्रहरी साझेदारी“ अन्तर्गत अपराध अनुसन्धानमा नागरिकहरुको सहभागिता सम्बन्धी बिषयमा केन्द्रित भई जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको हो ।

गढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष सिंहासन राय यादवको सहभागीतामा सोही वडाका स्थानियभद्र भलादमी,बुद्विजिवी समाजसेवी लगायतका मानिसहरु १५—२० जनाको उपस्थितिमा अपराध अनुसन्धानमा नागरिकहरुको सहभागिता सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय गरुडा मातहत प्रहरी चौकी धरमपुर रौतहटका प्र.ना.नि. नागेन्द्र प्रसाद यादवले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय