• रबिन्द्र प्रजापती

रौतहट । रौतहटको गौरमा सोमबार नेपाली काङ्ग्रेस जिल्ला समितिको बैठक सम्पन्न भएको छ । सोमबार रौतहटको गौरमा सम्पन्न नेपाली काङ्ग्रेसको सो बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेल प्रति वर्तमान कम्युनिष्ट सरकारले प्रस्तुत गरेको दमनकारी व्यबहार, सर्वसत्तावादी प्रवृत्ति, अनेक भ्रष्टाचार काण्ड र बेथिति विरुद्ध मंसिर २९ गते सदरमुकाम गौरमा बृहत बिरोध सभा गर्ने निर्णय गरेको जिल्ला सभापति कृष्ण प्रसाद यादवले बताउनु भयो ।

गत मंसिर १७ गते तनहुमा पुल उद्घाटन गर्ने क्रममा नेता रामचन्द्र पौडेलप्रति भएको अभद्र ब्यवहारको बिरोध स्वरुप रौतहटमा पनि प्रदर्शन गर्ने भएको छ । सो दिन नपाली कागं्रेसले देशैभर प्रदर्शन गर्ने जनाएको छ । बैठकमा रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सांसद देवी बहादुर तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

मुलुक समृद्ध बनाउन अब नेपाली कागं्रेसले हरेक कार्यमा नेतृत्व गर्नु पर्ने समय आएको बताउनु हुदै नागरिकहरुकको काममा लक्षित हुनु पर्ने सांसद तिमल्सिनाले जोड दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय