• रबिन्द्र प्रजापति

रौतहट । प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले पुर्पक्षका लागि जेलमा रहेका नेपाली कांग्रेसका नेता तथा सांसद महम्मद आफताब आलमका भाइ महम्मद महताब आलमलाई पक्राउ गरेको हो ।

राजपुर बम कान्डका मुख्य योजनाकार मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका आलम चर्चित बम कान्डका मुख्य योजनाकार रहेको मानिन्छन्। प्रदेश प्रहरी कार्यालयको टोलीले सोमबार बिहान बौद्धिमाई नगरपालिका वडा नम्बर ७ बडकी बंकुल एरियाबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रर्साईले जानकारी गराएका छन्।

प्रहरीले आलमलाई बडकी बंकुल एरियाबाट पक्राउ गरेको बताए पनि आलम लामो समयदेखि भारत बिहारको मोतिहारीमा बस्दै आएको र भारतीय प्रहरीको सहयोगमा आलमलाई मोतिहारीबाटै पक्राउ गरिएको स्रोत बताउँछ।

पक्राउ परेका महताब आलमकै नेतृत्वमा राजपुरमा बम बनाउने काम भइरहेको थियो। संविधान सभाको निर्वाचनमा धाँधली गरी बुथ कब्जा गर्न र महम्मद आफताब आलमलाई जसरी पनि चुनाव जिताउन पक्राउ परेका आलमले नेपाल तथा भारतको विभिन्न ठाउँबाट बम बनाउन सक्ने मानिसको खोजी गरी ल्याएका थिए र आफ्नै नेतृत्वमा सामानहरु जुटाइ बम बनाउने काम पनि गरेका थिए ।

२०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा बिस्फोट भएको थियो। तत्कालीन राजपुर फरहदवा गाविस वडा नम्बर ४ हालको राजपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका चर्चित नेता शेख इद्रिशको गोठघरमा बिस्फोटक पदार्थहरु राखी बम बनाउने क्रममा भएको बिस्फोटमा केही मानिसको घटनास्थलमै मृत्यु भएको थियो भने केही घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय