महोत्तरी । महोत्तरीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने साे मोटरसाइकलमा सवार भएका एक बालक गम्भीर घाइते भएका छन ।

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय माेटसाइकल चालक अमित यादवको मृत्यु भएको छ भने घाइते ८ वर्षीय बालक नविन यादवको अस्पतालमा उपचार हुँदै बताएको छ ।

जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर १ सडकमा सोमबार बिहान ना १ क ४८०५ नम्बरको स्कुल बसले ज ५ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जिल्ला अस्पताल जलेश्वरमा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ छ । घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले बताएको छ ।

संकेत तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय