हाम्रो जनकपुर /सिरहा । सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ मा विद्युतको तार सर्ट हुदा आगलागी लाखौंको बराबर सरसामान क्षति भएको छ। साे स्थानीय बिरेन्द्र चौधरीको नाउँ मा दर्ता भई सागरमाथा एग्रीकलचर फर्ममा शनिबार राति ११:४० मा विद्युतको तार सर्ट हुदा आगलागी भएको बताए ।

आग्लागी बाट १०० सय पिस हास र दाना ,पिडर डिंकर १५ पिस सहित जलेर नस्ट भएको पीडित दिपेन्द्र चौधरीले बताए । फर्म केहि बर्ष अगाडि स्थानीयहरुको जग्गा १५ बर्षको लागि ५ बिगहा जग्गा भाडामा लिई संचालनमा ल्याएको थिए बताए र आगलागी बाट रु. २८१९०० करिब दुई लाख एकासि हजार नौ सय बराबरको सरसम्मान पुर्ण रूपमा जलेर खरानी भएको पीडित दिपेन्द्र चौधरीले जानकारी दिएको थियोे ।

आगलागी हुँदा सम्बन्धित वडाका अध्यक्ष हरिबंस महतो र ईलाका प्रहरी कार्यालय सुखीपुर समेत जानकारी गराएका थिए । चौधरीले गाउँमा ऋण कर्जा लिई फर्म संचालन गरेका थिए । चौधरीको फर्मबाट बार्शिक ३ लाख ५० हजार आम्दानी हुने गएको पीडितको छोरा दिपेन्द्र चौधरीले बताए । पीडित चौधरीलाई क्षतिपुर्तिको कहिँबाट पहल न भएको उनले दुःख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय