• राजेन्द्र कुमार ठाकुर

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ५ सीतापुर बजार स्थित रहेको मा दुर्गा मन्दिर को नव मन्दिरको शिलान्यास गरिएको छ ।

भंगहा नगरपालिकाका नगर प्रमुख श्री संजीब कुमार साह द्वारा उक्त मन्दिरको शिलानायास गरिएको छ ।
पाहिले रहेको दुर्गा मन्दिरमा निकई नै गाढ़ो असहज़ जस्ता कार्यकलाप हुन्थ्यो पुजा पाठ गर्नुमा अपठयारो परी रहेको र मेलाको समयमा झिझिया झाँखी कीर्तन र श्रधालूहरुको पनि जमघट गर्नु गारो हुन्थ्यो र भंगहा नगरपालिकाका मेयर संजीब कुमार साहले भंगहा नगरपालिकाबात रु ५०,००,००० लाखको बजेत पारित गरियो ।

उक्त नक्सा काठमांड़ौबाट इंजिनियर सँग सलाह सुझाब गरी मन्दिरको लागी नक्सा पारित गरियो । त्यस नक्साबाट नै उक्त मन्दिरको निर्माण हुन्छ भनि मेयर साह ले बताउनु भयो ।

महोत्तरीको सीतापुर बजारमा प्रत्येक वर्ष दशैंमा दुर्गा पूजा एवं ठूलो मेला लाग्ने गरेको पुरानो मन्दिर जीर्ण भइसकेकाले आकर्षक मन्दिर निर्माण गर्न लागेको मेयर साहको भनाइ छ ।

उक्त कार्यक्रममा भंगहा नगरपालिकाका समस्त कार्यकर्त्ता र सम्पूर्ण नगरबाशी र ब्यापारी तथा मा दुर्गा मन्दिरको समितिका अध्यक्ष र सम्पूर्ण समितिको समेत सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय