यद्यपी, पेज फिर्ता ल्याउने प्रयास जारी रहेको बताईए ।

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउतको अधिकारिक फेसबुक पेज ह्याक भएको छ ।

CM Lalbabu Raut नामक फेसबूक पेजबाट मुख्यमन्त्री राउतको दैनिक रुपमा सार्वजनिक गतिविधिहरु पोष्ट हुँदै आइरहेकाेमा आज विहान बिदेशी ह्याकरले आफ्नो नियन्त्रणमा लिएको हो ।

ह्याकरले राउतको पेजमा एक जापानी मूलकी नागरिक जस्तै देखिने महिलाको फोटो प्रोफाईलमा राखेको देखिएको छ । यसका साथै मुख्यमन्त्री सँचार सचिवालय प्रदेश नं. २ नामक पेज पनि ह्याक भएको छ ।

सो पेजमा मुख्यमन्त्रीको गतिविधिहरु अपडेट हुँदै आएकोमा जापानी वा चाईनीज भाषामा नाम परिवर्तन गरिएको देखिएको छ । फेसबुक पेज ह्याक भएपछि मुख्यमन्त्रीका सँचार सचिवालयले ह्याक भएको अधिकारीक जानकारी दिँदै केही अन्य समाग्री पोष्ट हुन गएमा अन्यथा नलिन आग्रह पनि गरेको हो ।

यद्यपी, पेज फिर्ता ल्याउने प्रयास जारी रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय