जनकपुरधाम । एक महिना अघि महोत्तरीको मटिहानी नगरपालिकामा भएको आक्रमण घटना विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपाले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेको छ । हजारौंको संख्यामा जिल्ला भरिबाट नेता कार्यकर्ता उतारेर नेकपाले जलेश्वरको विभिन्न भागमा प्रदर्शन गर्दै प्रदर्शन गरेको हो ।

नेकपाका स्थानीय नेता विजय चौधरी लगायत कार्यकर्तामाथि आक्रमण गराउने मटिहानीका मेयर हरि मण्डल लगायत घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेकपाका केन्द्रियदेखि स्थानीयतहसम्मका नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।

गएको कात्तिक १० गते दसैंका दिन राति मटिहानी–७ मा दुई पक्षबीच विवाद भएको थियो । नगर प्रमुख मण्डल पक्षधर तथा मटिहानीकै केही स्थानीयहरुको समूह एउटा रेष्टूराँमा बसेका बेला उनीहरुबीच नगरपालिकाका कामकारवाहीको विषयलाई लिएर झडप भएको थियो ।

झडपमा परी पछिल्लो प्रतिनिधिसभाका निर्वाचनमा नेकपा प्रत्यासी रहेका मटिहानी– ८ का ५७ वर्षीय विजय चौधरी र उनका भाई ४८ वर्षीय जितेन्द्र चौधरी तथा मटिहानी– ७ का ५३ वर्षिय गणेश प्रसाद साह लगायत घाइते भएका थिए । मेयर मण्डलले भने उक्त झडपमा आफ्नो संलग्नता नरहेको दावी गर्दै आएका छन् भने नेकपाकै नेता कर्यकर्ताले आक्रमण गरेपछि झडप भएको बताउँदै आएका छन् ।टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय