• धर्मेन्द्र कुमार यादव

महोत्तरी। महोत्तरीको सोनमा गाउपलिका वाडा नं ३ स्थित उच्च माबी खखनामा सोमबार शुभ दिपावलीको उपल्क्ष्यमा बहुभाषिक सास्कृती कार्यक्रम सम्पन्न सम्पन्न भएको छ।

नेपाल लगायत मिथलान्चलका चर्चित गायक गायिकाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो। बहुभाषिक सास्कृती कार्यक्रमको मुख्य उदेश्य तराइ मधेश लगायत नेपालको विभिन्न ठाउमा बोलिने भाषामा एकरुपता फैलाउने थियो।

कार्यक्रमको सुरु जय जय भैरवी गितबाट भएको थियो।
कार्यक्रममा नेपाली काङ्रेसका महोत्तरी सभापती महेन्द्र कुमार रायले फिता काटी उदघाटन गरेका थिए।

कार्यक्रमको मुख्य आकर्शनको केन्द्र बिन्दु मैथिली अवार्ड प्राप्त गरेका साहसी युवा गायक तथा समाज सेवी रुद्रशेन बिश्वकर्मा र झोटन मेहता रहेका थियो। त्यस्तै काठमाण्डुका चर्चित गायक रोशन बालुवा, मैथिली स्टार सनु कुमार, कृष्णा प्यारे, हास्य कलाकार लभ ठाकुर, गायिका रोशनी साही, सुमन साही, सम्झना, रश्मि राई,अमित मेहरा, कोमल राई, पुजा जनकपुर बाली लगायत दर्जनौ कलाकरहरुको उपस्थिती रहेको थियो।

बहुभाषिक सास्कृती कार्यक्रमको संयोजन जासिम खान र कार्यक्रमको आयोजना स्थानिय नेता तथा समाजसेवी बिरेन्द्र यदव तथा प्रायोजन राकेश कुमार सिहले गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय