• राधेश्याम कुशवाहा

सर्लाही ।सर्लाहीको क्षेत्र न. ४ समूह क को प्रदेश सांसद विरेन्द्र सिंह ले प्रेस विज्ञप्ती जारी गर्दै धनकौल गाउँपालिका वार्ड न. १ रैकल निवासी स्वर्गीय राकेश कुशवाहा को विभत्स हत्याको दोषीलाई कडा कर्वाहीको माग गरेको छ।

सर्लाहीमा केही दिन यता हत्याकाण्डमा चरम बृद्वि भएका कारण आम नागरिकहरु भयको वातावरणमा बाँच्न बाध्य रहेका कारण घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनअनुसारको हदैसम्मको कार्वाही, पिडितलाई न्याय र क्षतिपूर्तिको माग गरेको सिंह ले बताए।

मुलुकमा कोरोना भाईरस कोभिड १९ का महामारीका कारण विगत ८ महिनादेखि जारी लकडाउन (बन्दाबन्दी) ले बढदो बेरोजगारी र भोकमरीबाट नेपाली जनता अक्रान्त बनेको बेला पनि सरकारले आम नागरिकहरलाई राहत र शान्तिको प्रत्याभूति दिलाउन नसक्नु दुखद कुरा रहेको छ। यस्तो विश्वव्यापी महामारीको समयमा पनि सर्लाहीको क्षेत्र न. ४ मा शान्ति सुरक्षाको अवस्थामा अति नै फितलो भएको कारणले विगत २ महिना भित्र ३ हत्याकाण्ड भएको छ।

बलरा नगरपालिका वार्ड न. २ निवासी रोहित कुमार सिंह, रामनगर गाउँपालिका वार्ड न. ७ निवासी महेन्द्र रामको हत्याकाण्ड बिर्सन नपाउदै धनकौल गाउँपालिका वार्ड न.१ रैकल निवासी राकेश कुशवाहाको विभत्स तरिकाले हत्या गरिएको घटनाले यहाँका स्थानियवासी जनता असुरक्षित महसुस गर्न थालेका छन। शान्ति सुरक्षा र जनताको जिउ धनको रक्षाका जिम्मेवारी पाएका प्रहरी प्रशासनबाट यस्तो जघन्य अपराध गर्ने अपराधीलाई पक्राउ गरी कर्वाही गर्ने र पिडितलाई न्याय न्याय दिलाई शान्ति सुरक्षा कायम गर्नमा असफल भएको देखिन्छ।

राजनितिक दबाबका कारण घटनाको निष्पक्ष रुपमा छानविन र अनुसन्धान नहुनु, प्रहरीले अपराधीलाई समातेर कडा कर्वाही गर्न सक्रियता नदेखाएको कारण यस्तो जघन्य अपराधका घटनामा बढोत्तरी भएको हाम्रो ठहर छ। गएको आश्विन २२ गते विरगन्ज नारायणी उपक्षेत्रिय अस्पतालमा न्यायको खोजीमा अलपत्र अवस्थामा रहेका स्व. रामलाई अविलम्ब शहिद घोषणा गरी पिडितलाई परिवारलाई राहत उपलब्ध गराउन र

मंसिर ९ गते विभत्स रुपमा हत्या गरिएका स्व. राकेश कुशवाहाको हत्याको तदारुकताको साथ निष्पक्ष छानविन गरी अपराधीलाई कडा भन्दा कडा कार्वाहीको गराई पिडित परिवारलाई राहत उपलब्ध गराई शान्ति सुरक्षा कायम आफनो भूमिका सक्रिय पारी जनसमुदायमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई ध्यानकार्षण गराउन चाहेको सांसद सिंह ले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

New manakamana
कसरी भयो राकेशको विभत्स हत्या ? के भन्छ आफन्त ।

गएको मंसिर ९ गते सर्लाही जिल्ला धनकौल गापा वार्ड न. १ रैकल निवासी स्व.श्री सहदेव महतोको छोरा अन्दाजी २५ वर्षीय राकेश कुशवाहाको विभत्स हत्या गरिएको थियो। मंगलवार राती करिव ८ बजे घरबाट ससुराली गाउँ गोडैता नपा १२ मधुवनी जाने क्रममा नयाँ रोड बरहथवा मधुवनी सडक खण्डको रोहुवा चौकमा विभत्स हत्या गरि शव फालिएको अवस्थामा फेला परेको थियोे ।

मृतक कुशवाहाको टाउको र अनुहारमा चोटिलो प्रहार गरि हत्या गरेको देखिन्छ । हत्या भएकै राती प्रहरीबाट शव बरामद भई पोष्टमाडमको लागि जिल्ला अस्पताल, मलंगवा लगिएको थियोे । मृतकको परिवार मात्र हैन पुरै गाउँ नै शोकाकुल भएका छन। गएको २०७६ असारमा बिहेको बन्धनमा बाँधिएकोे ढेड साल पनि नबित्दै श्रीमतीको सिन्दुर पुछियो। पतिको मृत्यू भएपछि गर्भवती श्रीमती पागलसरी भएकी छिन। केही दिनमै पहिलो सन्तानको बुबा बन्ने सपना बोकेका राकेश राजनितिक चलखेलका सिकार हुदै सधैंका लागि अस्ताए ।

मृतक कुशवाहाबाट उनी चढेको मोटरसाइकल र प्रयोग गर्ने फोन समेत खोसिएको मृतकका चचेरा भाई देवेन्द्र महतो ले बताए। मृतकबाट खोसिएको मोबाइल फोनमा गर्दा रिङ्ग समेत गएको छ।
केही राजनितिककर्मीहरु भाईको हत्यारालाई संरक्षण गरिरहेको बताउदै घटनाको निष्पक्ष छानविनका लागि सिबिआई जाँचको समेत माग गरेको बताए। भाईलाई विभत्स तरिकाले हत्या गरेको दोषीलाई समयमै कर्वाही भएन भने हामीहरु सडक उत्रिन बाध्य हुने महतो ले बताए। घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवर ले बताए।

सर्लाही क्षेत्र नं ४ मा सताको राजनितिक खेलका कारण दिनानुदिन हत्या हिंसा र अपराधिक क्रियाकलापमा तिब्र गतिमा बृद्वि भएको छ। यसको सिकार सोझासाझा निमुख जनता हुदै आएका छन। क्षेत्रमा हत्या, हिंसा तथा अपराधिक क्रियाकलाप दिनहुँ हुन थालेपछि आम नागरिकहरु भयको वातावरणमा बाँच्न बाध्य भएका छन। घरका कुनै आफन्त कामको सिलसिलामा घरबाट बाहिर निकल्दा साँझमा सकुल फर्कन्छ, कि उहाँसंग केही हुन्छ भने चिन्ताले सताउन थालेको स्थानियवासी बालदेव महतो ले बताए।

जिल्ला प्रहरी कार्यलयल सर्लाहीले सार्वजनिक गरेको आर्थिक बर्ष २०७६ ७७ सालको तथ्यांकमा मात्र १४ वटा कर्तव्य ज्यान सम्बन्धि घटना भएको कुरा उल्लेख गरिएको छ भने दुई महिना भित्रमा क्षेत्र न. ४ मात्र ३ वटा हत्याकाण्ड भएका छन तर प्रहरीले कुनै पनि घटनाको वास्तविक दोषीलाई कानुनको दायराभित्र ल्याई कार्वाही गर्न नसकेको जानकारहरुका कथन रहेका छन।

सांसद सिंहद्वारा कडा कर्वाहीको माग गर्दै प्रेस विज्ञप्ती जारी !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय