• रबिन्द्र प्रजापति

रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिकामा १० शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास भएको छ । १० शैयाको अस्पताल भवन निर्माणको शिलान्यास नगर प्रमुखको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख ईन्नु राय यादवले सो अस्पताल भवनको शिलान्यास गर्नुभएको हो ।

नगर भरिका जनतालाई अबका दिनमा स्वास्थ्य चेक जाँच गराउन टाढा जानबाट बन्चित भएको नगर प्रमुख प्रमुख ईन्नु राय यादवले बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मो.मुस्ताक आलम वडा अध्यक्ष हारु युवा नेता अनिल यादब,नगरपालिकाका कर्मचारी,बिभिन्र राजनितिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थनियहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय