• नरेशचन्द्र बरबरिया

सिरहा । सिरहामा कमला बचाउ अभियानको दोस्रो बार्षिकोत्सव सफलता पुर्वक सिरहाको सारस्वरमा सम्पन्न भएको छ ।सिरहा नगरपालिका द्वारा आयोजित कमला बचाउ अभियान कार्यक्रममा बोल्दै मेयर एवम कमला अभियानी उदय कुमार बरबरियाले कमला बचाउ अभियान दोश्रो बार्षकोत्सव सफलता पुर्वक पार गरेकोमा हार्दिक बधाई दिदै उनले भने ;कमला बचाउ अभियानको डिपिआर गरिने बताएका छन ।

अव एउटा ठोस योजना बनाएर आगाडी बढनु जरुरी रहेको बताए ।सम्पुर्ण कमला अभियानीले एउटा एउटा बोटबिरुवा रोप्नु र यसलाई संरक्षण गर्नु पर्ने मेयर बरबरियाले बताए । कमला अभियानी नामको लागी मात्र नभई आफ्नो तवर बाट अभियानलाई सघाउन एउटा बिरुवा लाग्न आग्रह समेत गरे । आउने दिनहरुमा एउटा मास्टर प्यान तहद यो अभियानलाई आगाडी बढाउन जरुरी रहेको उनले जिकिर गरे ।हरेक पालिका प्रमुखले कमला बचाउ अभियानलाई नगरको योजनामा राखे मात्र राष्ट्रिय अभियानको रुपमा चिनाउन सफल हुने बताए ।यस अभियानलाई चुरे देखि कमला छेउमा रहको छिमेकी देश भारतको जयनगर सम्म अभियानको थालनी हुने उद्घोष गरे ।

सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवको अध्यक्षता एवम आन्तरिक मामला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकरी प्रदिप कणेल, शहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया,कमला नगरपालिकाका मेयर रामउदघार गोईत, प्रहरी निरीक्षक उमा पजियार,कमला बचाउ अभियानका संयोजक बिक्रम यादव,मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झा,क्लोथ बैंक धनुषाका अध्यक्ष राजिब झा कार्यक्रममा बोल्दै मन्त्री ज्ञानेद्र यादव कमला बचाउ अभियान एउटा राम्रो अभियानको रुपमा परिचित छ यो अभियानलाई सबैले आ-आफ्नो तवरले आगाडी बढ्न आग्रह गर्नुभएको छ ।कमला भन्दा पनि चुरिया बचाउ अभियानमा हामी सबैले लागे कमला बाट स्वम बच्ने उनले थपे ।कमला भेगमा रहेको कमला बाधलाई कालोपत्र गराउने पहल आगाडी बढ्को उनले बताए ।कमला बचाउ अभियान राष्ट्रिय अभियान मात्र नरहेर अन्तर्राष्ट्रिय अभियानको रुपमा चिनिएको उनले थपे ।यस्तै कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले भने हामीले कमला बचाउ अभियान शुरूवात भएको आज दोश्रो बर्षमा प्रवेश गरेकोमा निकै गौरवान्वित महसुस भएको छ । कमला बचाउ अभियान शुरूवातको क्रममा ३/४ जना मात्र लागेर शुरु गरेको अभियान अहिले सयौं जना भन्दा बढी अभियानीहरु अभियानमा सहभागी भएका छन ।उक्त कार्यक्रममा सम्पुर्ण अभियानीहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरेको थियो ।कार्यक्रममा सामुदायिक विकास तथा पैरवी मञ्चका संयोजक नागदेव यादव,कमला बचाउ अभियानका सचिब बिनोद महरा, सहकारीका अध्यक्ष ध्रुव नारायण यादव, कमला अभियानी सुरेन्द्र यादव,। नेपाल बाल संगठनको सिरहा सभापति दिनेश कुमार यादवकमला अभियानी राजकिशोर सल्हैता,पत्रकार नरेशचन्द्र बरबरिया,रुनुकेश कामती लगायत हजारौं संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको उद्घोष सुरेश चोरवारले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय