• रबिन्द्र प्रजापति

राैतहट । ठेकदारको लापरबाहीको कारण करोडौं लागानिको सडक तथा नाला समयमा निर्माण हुन नसकेको कारण रौतहटको कटहरियाका वासिन्दा सास्ती खेप्न बाध्य भएका छन । ठेकदार नागेन्द्र साहले पेटि ठेकदार मार्फत गराउन लागेको काम समयमा पूरा नहुंदा कटहरिया वासी सास्ती खेप्नु परेको हो । ठेकदार नागेन्द्र साहले प्रतिस्पर्धा मार्फत पारेको ठेक्काको काम आफैले नगरेर पेटि ठेकदारमाई दिएपछि निर्माण काम गुणस्तरहीन भैरहेको गुनासो बढ्न थालेको छ । रमन,आश्रय तथा साह निर्माण सेवाले कटहरिया,सहरी विकास तथा भवन डिभिजन बिरगंज बाट बिर्ती, हंथियाहि हुंदै जमुनिया सम्मको बाटो निर्माण तथा केही ठाउमा नाला निर्माण गर्न २५ करोड रुपैयामा ठेक्का लिएका छन ।
तिनवटै निर्माण सेवाले संयुक्तरूपमा लिएको उक्त ठेक्काको काम आफैले नगरेर पेटि ठेक्दार नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण यादवका भाईपर्ने सुबोध यादवको जिम्मा दिएका छन । पेटि ठेकदार सुबोध यादवले ठेक्का लिएको १ बर्षभन्दा बढिसमय बित्नलाग्दा २५ प्रतिशत काम पनि गर्नसकेका छैनन् ।

कटहरिया ४ बहादुरपुर देखि बजार हुंदै कटहरिया गाउ सम्म नाला निर्माण तथा बजारको मुख्य बाटो हुंदै जमुनिया गाउ सम्म बाटोमा कालोपत्रे तथा केही स्थानमा ढलान गर्नुपर्ने योजना रहेकोे सहरी विकास तथा भवन डिभिजन कार्यालय बिरगंजले जनाएको छ । पेटि ठेकदार सुबोध यादवले एकबर्ष भन्दा बढी समयमा केही स्थानमा नाला र केही स्थानमा बाटो ढलान गरेको कटहरियाका एकजना ब्यापारी नसरुदिन अन्सारीले तराई एक्सप्रेसलाई बताएका छन ।

कटहरिया बजार क्षेत्रको मुलबाटोमा कालोपत्रे निर्माण गर्न ६ महिना अघि पेटि ठेक्दार यादवले पुरानो कालोपत्रे जोतेर मिक्स ग्रेभल राखेका थिए । तर ६ महिना बित्दा पनि बाटो कालोपत्रे गरेका छैनन् । बजारको मुख्य बाटोमा मिक्स ग्रेभल राखेको कारण पानी पर्दा जताततै पानी र हिलो जम्ने पानी नपर्दा बजारभरी धुलै धुलोले भरिएको छ । धुलोको कारण बजारमा आवतजावत गर्न किनमेल गर्न आउने ग्राहकलाई ठुलो समस्या भएको छ भने ब्यापारी लाई आफ्नो पसलमा बसिसक्ने अवस्था छैन । ब्यापारीहरुले बाटो निर्माण गर्न पटक–पटक ठेकदार नागेन्द्र साहलाई आग्रह गर्दा कुनै वास्ता नगरेको अर्का ब्यापारी तथा नेकपा नगर कमिटी कटहरियाका अध्यक्ष योगेन्द्र साहले गुनासो गरेका छन ।
अध्यक्ष साहले बाटो तत्काल निर्माण गराउन स्थानीय जन प्रतिनिधिले पहल गर्नुपर्ने बताउछन् । कटहरिया नगरपालिकाका मेयर सियाराम कसवाहाले ठेकदारले नियतबस सडक नाला निर्माणमा ढिलाइ गरेको आरोप लगाएका छन । मुलठेकदार नागेन्द्र साह नेपाली कांग्रेस समर्थित भएकै कारण क्षेत्र ३ अन्तरगतको काममा सधै ढिलाइ गर्ने गरेको गुनासो गरेका छन । करोडौंको टेण्डरलिएका ठेकदार साहले नियम बिपरित पेटि ठेकदारलाई निर्माणको जिम्मा दिएकाले पनि निर्माणकाम समयमा पूरा न भएको र गुणस्तरहीन हुनेगरेको मेयर कुश्वाहाले दाबी गरेका छन । सहरी विकास तथा भवन डिभिजन कार्यालय बिरगंजका साइड इन्जिनियर कमलमणि खतिवडाले लकडाउनको कारण कटहरियाको सडक र नाला निर्माणको काम पूरा गर्न नसके पनि फागुन मसान्तसम्म पूरा गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय