महोत्तरी । बर्दिबासकी ६ वर्षीया गुलबसा खातुनको हत्या अभियोगमा पक्राउ परेमा युवक माथी किटानी जाहेरी दर्ता गरीएको छ ।

गौशाला-५ का २६ बर्षीय अरुण साहमाथि शुक्रबार जाहेर दर्ता गरिएको अपहरण, शरीर बन्धक, जबर्जस्तीकरणी र कर्तव्य ज्यानमा आरोपीमाथि मुद्दा दर्ता गरेका छ।

गाउँबाटै अपहरणमा परेकी बर्दिबास-१४ शुभम् बस्तीकी बालिकाको हत्या भएको थियो। त्यही घटनाले पछिल्लाे तीन दिन देखि वर्दिवास तनाबग्रस्त बनेको थियो ।

आइतबार साँझ गाउँबाटै बेपत्ता भएकी अबोद्ध बालिकाको शव ३५ घण्टापछि झाडीमा भेटियो। हत्या गरेर बोरामा गुलब्साको शव लुकाइएको थियो। बालिका खातुनको हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा गाउँलेहरु प्रदर्शनमा उत्रिएका थिए। उनको हत्यारालाई कडा कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरी अन्धाधुन्द गोली चलाउँदा सञ्जय न्यौपानेको ज्यान गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय