महेन्द्रनगर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित डाका शैलीमा घरमाथी आक्रमण गरेको पिडित अनिल चौधरीले आरोप लगाएका छन ।

मेरो भाई मंगलवार राति ढल्केवरबाट मोटरसाइकल लिई घर आईरहेका थिए । ठेक्का लिएको सडकको ढाटमा बसन्त यादव नामका कर्मचारी थिए, उनले मेरो भाईलाई वियर खान भने, उस्ले वियर खानबाट अस्वीकार गरेपछि कुटपिट गर्न थाल्यो, प्रहरीलाई खबर गरेपछि यहाँबाट यादवलाई समातेर लगियो र केही क्षणमा छोडि पनि दियो( अनिल चौधरीले भने ‘बुधवार विहान बसन्त चौधरीले मलाई फोन गर्यो, तिमी गुण्डागर्दी गर्छौ । बढी यताउता गरेमा देखाई दिन्छौं ।’

विहिवार चौधरी आफ्नै निवास महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर बुधवार साँझ करिब ७ः३० बजे मोटरसाइकल र ट्याक्टरमा करीब ७०÷७५ जनाको समूहमा आएका केटाहरुले पसलमा रहेको सामानहरु लुटपाट र बजार ठेक्कबाट उठेको करिब ७ लाख रकम सहित लुटेर लगेको आरोप लगाएका छन् । हाम्रो बुवा राजदेव चौधरी, कर्मचारी धर्मेन्द्र महतो र शम्भु श्रेष्ठलाई कुटपिट गरेको छ । बुवाको उपचार जनकपुरधाम स्थित सिटी अस्पतालमा भईरहेको छ भने धर्मेन्द्र साहको उपचार यहाँ सम्भव नभएलाई थप उपचारका लागि काठमाडौं रिफर गर्ने लगिएको उनले बताएका छन् ।

उनले ठेक्कापट्टामा मेयरको समेत पार्टनरशीप रहेको जिकिर गरेका छन् ।
बसन्त यादवले फोन गरेको कल डिटेल हामीसँग छ, उनले मलाई धम्की दियो र बुधवार साँझ ७५ जनाको समूहमा आएर आफ्नो पसल र कार्यालयको सरसामानहरु तोडफोड गरेको चौधरीले बताए । उनले भने, ‘धम्की पश्चात् मैले प्रहरीलाई फोन पनि गरेर, तर प्रहरी आएन, प्रहरी समयमा आएको भए यस्तो घटना घटने थिएन ।

अनिल चौधरीको जय माँ काली कन्स्टूक्सन रहेको भने विवाद गर्ने अर्को पक्षको सिद्धार्थ कन्स्टूक्शन रहेको छ । चौधरीले केही दिनअघि मवेसी बजार ठिक्का लिएपछि विवाद हुन सक्ने स्थानीयवासीहरुको कथन छ ।

यता अनिल चौधरीले कुटपिट तथा लुटपाट गर्नेमा बसन्त यादव, प्रदीप यादव, सनोज यादव, सितेश झा, अनिल यादव, सुनिल यादव र रामपुकार यादव सहितको रहेको दावी गरेका छन् । यिनीहरु विरुद्ध मुद्दा दायर गर्ने दावी समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय