काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्ड , परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी भक्तपुरले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका गलत हल्लाकाे पछि नलाग्न आग्रह गरेकाे छ ।

आज मिति २००७७ साल मंसिर ११ गते भएकाे फिजिक्स विषयकाे परीक्षा रद्द गरी मंसिर १७ गते पुनः परीक्षा गर्ने कुरा हल्लामात्र भएकाे र त्यस्ताे हल्लामा परीक्षा बाेर्डकाे ध्यानाकर्षण भएकाे जानकारी गराएकाे छ ।

बाेर्डकाे आधिकारिर वेवसाइट बाहेकका अन्य सूचनामाध्यमहरूकाे पछि नलाग्न सूचित गर्दै राष्ट्रिय परीक्षा बाेर्डले विज्ञप्ति जारी गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय