सिरहा । सिरहाकाे पदमपुरमा बस र मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकलमा सवार भएको दुई जनाको मृत्यु भएको छ । सिरहाको चोहर्वा–सिरहा सडक अन्तर्गत सिरहा नगरपालिका वडा नं. १० पदमपुरमा सिरहाबाट चोहर्वा तर्फ जादैगरेको ना. ५ ख. ५५१८ नम्बरको माँ शेराबाली बस र विपरित दिशा (चोहर्वाबाट सिरहा तर्फ आउदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका सिरहा नगरपालिका वडा नं. ११, भलुवाही बस्ने जगदेव कामतीको छोरा अन्दाजी २५ वर्ष को देव नारायण कामती र सोही ठाउँ बस्ने कारीराम कामतीको छोरा अन्दाजी २६ वर्ष को अरुण कुमार कामतीको उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको छ ।

ठक्कर दिने माँ शेरा वाली बस र गाडी चालक सिरहाको लहान नगरपालिका वडा नं. ४ बस्ने ४० वर्षीय जुगती सहनी ईलाका प्रहरी कार्यालय बिष्णुपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय