• शम्भु पण्डित

जनकपुरधाम। धनुषा जिल्ला स्थित सबैला नगरपालिका वडा नम्बर ९ मा आज रंगभेद विरुद्धको एकता दिवस र प्रथम वडा अधिवेशन कार्यक्रम सम्पन्न गरिएको छ।

जनमत पार्टी सबैला नगरपालिका वडा नं ९ को वडा अधिवेशन गरी १३ सदस्य वडा समिती गठन गरिएको छ। उक्त अधिवेशन बाट रामबिलन कापर ज्युको अध्यक्षतामा १३ सदस्य वडा समिति र उक्त वडामा रहेका टोलहरुमा टोल समिति सर्ब सहमतिबाट निर्वाचित हुनुभएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी जनमत पार्टी जिल्ला इन्चार्ज अनिता सह जिल्ला अध्यक्ष दिप नारायण यादव बिधाथी जनमत संग अधक्ष्य विजय यादव क्षेत्र इन्चार्ज बल कृष्ण साह नगर अधक्ष्य संजय परधान जनमत पार्टी सबैला न पा २ का अध्य्क्ष नरायन नायक , सबैला न.पा ३ अध्यक्ष श्रीमती सावित्री देवि साह उदघाेषक कैलाश साह लगायत स्थानीय वासिन्दाहरुको उपस्थिथि रहेको थियो।

रंभेद दिवसको सानो इतिहास ?

आज भन्दा ६ वर्ष अगाडि काठमाडौंमा मधेशीहरुलाई रंगका आधारमा पक्राउ गरेको विरोधमा प्रत्येक वर्ष मंसिर १० गते रंगभेद विरुद्धको एकता दिवस मनाइन्छ।

२०७१ साल मंसिर १० गते काठमाडौंमा डा.सीके राउतको नेतृत्वमा आयोजना भएको सभा र विभिन्न स्थानबाट करिब ४ सय जना मधेशीहरुलाई पक्राउ गरिएको थियो।

नेपालमा रंगका आधारमा मधेशी–थारु–जनजातिहरुसँग विभेद भइरहेको भन्दै विरोध गरिएको बताएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय