महोत्तरी । महोत्तरीको बर्दिबास ६ वर्षीयाबालिकालाई बलात्कारपछि हत्या घटनाको विरुद्धमा महोत्तरीको सम्सी बजार आज बन्द भएको छ ।

महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका गुलफसा खातुनको बलात्कार पश्चात हत्या र प्रहरीको गोलीबाट मृत्यु भएका संजय न्यौपानेका दोषीलाई कारबाहीको माग गर्दै । युवाहरु र स्थानीय द्वारा सम्सी बजार र सडक बन्द गराएका हुन् ।

स्थानीयले बिहीबार बिहानैदेखि बलात्कारीलाई फाँसी दे, संजय न्यौपानेलाई सहिद घोषणा गर, महोत्तरीकी छोरी गुलफसालाई न्याय देउ लगायत नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शनमा उत्रेका हुन् ।

उनीहरुले बजार र गौशाला सम्सी जलेश्वर हर्दी सडक खण्ड समेत बन्द गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय