• धर्मेन्द्र कुमार यादव

महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउपालिका कार्यालयमा आज एम्बुलेन्स को बिषय लिएर जसपाको कार्यकर्ता हरु तालाबन्दी गरिएको छ। जसपा नेपालका सोनमा गाउपालिका का वाडा नं १ संयोजक रामबाबु पंडितका अनुसार तालबन्दी गर्ने निर्णय जसपाले गरेको थिएन।

उता तलाबन्दी सम्बन्धी सोनमा गाउपालिका प्रवक्ता अशोक कुमार यादवको अनुसार केही व्यक्तीहरुले आफ्नो स्वार्थ पुरा गर्ने सोच बनाइ कार्यालयमा ताला लगाइएको थियो तर केही मिनटमै ताला फुटाइ पुन कामकाजलाइ निरन्तरता दिएको थियो।

तालाबन्दी गरिनुको यस्तो छ कारन

सोनमा गाउपालिकामा रहेको एउटा एम्बुलेन्स जसलाई काम परेको बखत चालक लाई फोन गर्दा फोन नउठाउने र फोन उठे पनि प्रशासकिय अधिकृत लाई भनु जवाब आउदा जसको बिरोध स्वरुप बुधबार गाउपालिका कार्यालय तालाबन्दी गरिएको थियो। तालाबन्दी गर्ने मध्ये त्रीलोक यादवको अनुसार प्रशासकिय अधिकृत रंजित कुमार यादवलाई यस बारे जानकारी लिन खोज्दा उहाले भनु भयो कि यो गाउपालिकाको सम्पती हो यसको हेरचाह गर्ने जिम्मा प्रमोद यादव लाइ दिएको छ, यसरी आपतकालिन समयमा प्रयोग गरिने साधन एम्बुलेन्स लाई सबै संग संग सोधेर दिनु काहा को न्याय हो, यसै बिषयलाइ लिएर गाउपालिका कार्यालयमा तालाबन्दी गरिएको थियो।

तालाबन्दी गरिएको समयमा गाउपालिका भित्रका करिब १०-१५ जना जसपाका कार्यकर्ताको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय