जनकपुरधाम ।प्रदेश नं २ मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत जानकी मन्दिर परिसरमा जारी सौन्दर्यीकरण योजनाको स्थलगत निरीक्षण गरेका छन् ।

प्रमुख सचिव अर्जुन पोखरेल सहितको टोली लिएर जानकी मन्दिर परिसर पुगेका मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरण योजनाको कार्य प्रगति बारे जानकारी समेत लिएका हुन् ।

उनले सौन्दर्यीकरण सम्बन्धी निर्माण कार्य विवाहपञ्चमी महोत्सब अगावै पुरा गर्न निर्माण व्यवसायीलाई निर्देशन समेत दिए ।

निरीक्षण टोलीमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव यम भुषाल, डिभिजिनल इन्जिनियर भगवान झा सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय