जनकपुरधाम। महोत्तरीको बर्दिवसमा ६ वर्षिया बालिका गुलबसाको बलात्कारपछि हत्या भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले हानेको ढुंगा तथा सीसाको बोतल लागेर दुई प्रहरी घाइते भएका छन्।

सीसाको बोतल लागेर प्रहरी जवान अर्जुन प्रसाद बानियाँ र अर्का जवानको घुँडामा चोट लागेको कटुवालले बताए । उनीहरुको उपचार भईरहेको प्रजिअ कटुवालले बताए ।

प्रदर्शनको क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित बर्दिवासमा लगाइएको निषेधाज्ञा तोडेर चलिरहेको प्रदर्शनको क्रममा ढुंगा लागेर दुई प्रहरी घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिएका छन् ।

प्रदर्शनकारीहरु लुकेर ढुंगा ईँटा, सीसाका बोतलहरु प्रहार गरेकोले यी दूबै प्रहरी घाइते भएको उनले बताए ।

पीडित पक्षसंग वार्तामा सहमति भई सकेको अवस्थामा केही उचछृंखल तत्वहरु प्रदर्शनलाई जारी राखेका छन्, प्रजिअ कटुवालले भने वार्तामा उनीहरुको माग सम्बोधन गर्नका लागि पहल गर्ने सहति भईसकेको छ तैपनि केही उच्छृंखल तत्वले प्रदर्शन गरिरहेका छन् ।

निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले आक्रोशित भएर प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय