जनकपुरधाम । आठ महिनादेखि बाँकी रहेको तलब भत्ताको माग गर्दै धनौजी नगरपालिका र मुखियापट्टी गाउँपालिकाका कर्मचारीहरु आन्दोलित बनेका छन्।

धनौजी गाउँपालिकाले जेठ महिनादेखि हालसम्मको तलब भुक्तानी नगरेको भन्दै विभिन्न ६ बुँदे माग राखी स्वस्थ्यकर्मीसहित कर्मचारीहरु धर्नामा बसेका छन्। स्वास्थ्यकर्मीहरूलाई गाउँपालिकाले कोभिड–१९ को भत्तासमेत उपलब्ध गराएको छैन।

स्वास्थ्य संयोजक रामपुकार दासका अनुसार स्वास्थ्यकर्मीहरू कोभिड–१९ र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्पूर्ण भत्ता उपलव्ध गराउन, जेष्ठ महिनादेखि बाँकी तलव भुक्तानी गर्न, नियमित औषधि आपूर्ति गर्न, स्वास्थ्यकर्मीहरूको फिल्ड भत्ता र गत आर्थिक वर्षसम्मको सम्पूर्ण कार्यक्रमहरूको भत्ता भुक्तानीको माग राख्दै सोमवारदेखि गाउँपालिका कार्यालयमा धर्ना दिइएको छ।

प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरले गाउँसभा हुन नसकेपछि बजेट पारित हुन नसक्दा तलवको अख्तियारी नपाएको जानकारी दिए।

पालिकाभित्रका स्वास्थ्य, शिक्षा, निजामतीलगायतका झन्डै सयभन्दा बढी कर्मचारीहरु ७ मंसिरबाटै आन्दोलित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय