हिन्दु राष्ट्र कायम गर भन्दै राजावादीहरुले प्रदर्शन

जनकपुरधाम । जनकपुरको भानु चाैकबाट सुरु गरिएको नेपाल राष्ट्रवादी समुहको जुलुसले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै बुधबार जनकपुरमा बिशाल प्रदर्शन गरेका हुन् ।

‘राजा आउ, देश बचाउ’को नाराका साथ जनकपुरमा लगाउँदै राजावादीहरुले बिशाल शक्ति प्रदर्शन गरेका छन् ।

जनकपुरकाे चाैक चाैक मा नारा सहित गाडीमा पूर्व राजा रानीको तस्वीर भएको ब्यानरसहित उनीहरुले राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौंको संख्यामा युवाहरुले प्रदर्शन गरेका छन् ।

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान पुर्नवहाली गनुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका उनीहरुले माग गरेका छन् ।

जनकपुरधामकाे चाैक चाैक मा नारा राजा आउ देश बचाउ सुरु गरिएको जुलुस हुँदै जनकचोकमा ठुलो संख्यामा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय