जनकपुरधाम । बुधबार बिहानैदेखि स्थानीयले बजार र पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् ।

बर्दिबासमा ६ वर्षीया बालिका बलात्कारपछि हत्या विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि बर्दिबासमा पुनः आन्दोलन सुरु भएको छ ।

बर्दिबासमा किराना पसल संचालन गरेका न्यौपाने बर्दिबास सेवा समितिका सदस्य समेत थिए । बुधबार बिहानै बर्दिबास सेवा समितिमा बसेका स्थानीयहरुको छलफलबाट न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिनु पर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको मागसहित आन्दोलन गर्ने निर्णय गरेको जनाएको छ ।

प्रहरीको गोली लागेर मृत्यु भएका बर्दिबास नगरपालिका १ का संजय न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिनु पर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रेका हुन् ।

बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कार पश्चात हत्याको विरोधमा मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले अन्धाधुन्ध गोलि चलाउँदा संजय न्यौपानेसहित तीनजना घाइते भएका थिए । संजयको उपचारको क्रममा काठमाडौ स्थित ग्राण्डी हस्पिटलमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिबासमा तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालले जानकारी दिए ।

कटुवालका अनुसार बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय