बर्दिबास, मंसिर ९ गते । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ मा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। बलात्कारपछि बालिकाको हत्या भएको आशंका स्थानीयले गरेका छन्। आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए।

बालिका हत्याको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन सुरु गरेका छन्। मंगलबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर गरेको प्रदर्शनको कारण पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ।

हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा बालिकाको शव सोमबार मध्य रातमा फेला परेको हो। बर्दिबास—१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो।

हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले गौशाला— ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको डीएसपी चपागाईले बताए । उनका अनुसार ति युवकले आरोप स्वीकारसमेत गरेका छन्।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयले बताएका छन्। तर रिपोर्ट आइसकेपछि मात्र बलात्कारपछि हत्या भएको वा नएको भन्न मिल्ने डिएसपी चपागाईले बताए ।
प्रहरीले आरोपी साहलाई गौशालाबाट सोमबार साँझ नियन्त्रणमा लिएको हो। पूर्व—पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाटे नव क्षितिज क्यामस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन्। आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बलिकालाई अपहरण गरेर घरमा लुकाएका थिए। ‘मेरो छोरीको बलात्कारपछि हत्या गरेर लास फालेको हामीलाई लागेको छ,’ बालिकाका बुवाले शहिद आलमले भने।

प्रहरीका अनुसार आइतबार साँझ बालिकाको बलात्कारपछि हत्या गरेर आरोपी साहले बर्दिबासस्थित किराना पसल नजिकैको झाडीमा फालेर सोमबार दिनभरी पसल खोलेका थिए। सोमबारस्थानीयले उनको पसलको सिसी क्यमरा हेर्न खोज्दा आरोपीले भनेका थिए,‘किन हेर्न आएको ? मैले बच्चीलाई लुकाएको ?’

सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए। त्यपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको त्यहाँका इन्स्पेक्टर प्रकाश रेग्मीले बताए।

‘मेरो छोरीको बलात्कारपछि हत्या गरेर लास फालेको हामीलाई लागेको छ,’बालिकाका बुवाले शहिद आलमले भने।

गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई आरोपीलाई प्रहरी नियन्त्रणमा रहेको खवर गरेका थिए। सोमबार राति १२ बजे बर्दिबासका डीएसपी चापागाईंले ती युवकलाई लिएर शव लुकाएको स्थानमा पुग्न सफल भएका थिए।
आरोपीले केही समय पहिले गौशालामा एक युवकको हत्या गरेको उजुरी रहेको प्रहरीले जनाएको छ।टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय