पर्सा, मंसिर ८ गते । भन्सार छली अवैध समान भित्र्याउन खोज्दा पर्सामा प्रहरी र तस्कर बीच झडप भएको छ । सीमावर्ती भारतको रक्सौलबाट भन्सार छली अवैध रुपले कपडा भित्र्याउन खोज्दा वीरगञ्जको इनर्वामा तस्कर र प्रहरीबीच आइतबार अपराहन्न झडप भएको हो ।

झडपमा अस्थायी प्रहरी चौकी इनर्वाका असई जयप्रकाश पाण्डे घाइते भएका छन् । नाकमा चोट लागेर घाइते भएका असई पाण्डेको नारायणी अस्पतालमा उनको उपचार भइहरेको छ ।

झडपमा संलग्न आरोपमा प्रहरीले एक महिलासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आइतबार अपराह्न टाउको र काँधमा स्वेटर र कपडा बोकेर आउने महिला समूहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

असई पाण्डेले तस्कर समूहले गोली चलाउँदा नाकमा चोट लागेको बताए । तस्करी भइरहेको बेला नियन्त्रण गर्न पुग्दा उखुबारीबाट फायर नै खोलको उनको भनाइ छ । नाकामा छर्रा लागेको उनले बताए ।
घटना लगतै जिल्ला प्रहरी कार्यालय पर्साबाट एसपी गंगा पन्त, डिएसपी मनोजित कुँवर सहितको टोली थप प्रहरी लिएर इनर्वा प्रहरी चौकी पुगेका थिए । एसपी गंगा पन्तले गोली चलेको भन्ने बारे पुष्टि नभएको बताइन् ।

स्थनीयले आर्थिक लेनदेन विषयमा कुरा नमिल्दा तस्कर र प्रहरी बीच झडप भएको बताएका छन् ।

संकेत तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय