जनकपुरधाम । सिरहामा जबरजस्ती करणीको अश्लील भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका वडा नं. ४ का २० वर्षीय अजय महरा छन् ।

सिरहाको कल्याणपुर नगरपालिकाकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लील भिडियो बनाइ व्ल्याकमेलिङ गरेको आरोपमा अजयलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुख तथा डीएसपी सन्तुकुमार जैसवारले जानकारी दिए ।

कल्याणपुर नगरपालिका वडा नं. ४ कै २३ वर्षीय जितन राम जबरजस्ती करणी गरेको र अहिले उनी फरार रहेको डीएसपी जैसवारले बताए ।

ती महिलालाई मंगलबार रामले जबरजस्ती करणी गरेको र उसको साथी अजयले भिडियो खिचेका थिए ।

दुवै साथीले बनाएको अश्लिल भिडियो देखाई ब्याकमेल गर्दै महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको खबर प्राप्त भएपछि भिडियो बनाउनेलाई पक्राउ गरिएको र फरार भएका अर्का युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय