रबिन्द्र प्रजापति ३ मंसिर रौतहट । रौतहट प्रहरीद्वारा पिकअप सहित कपडा बरामद भएको छ
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं.५ शिवनगर स्थित ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरी गस्ती टोलीले गौरबाट चन्द्रनिगाहपुर तर्फ जादै गरेको ना ३ च ८८६५ नं.को पिकअप गाडीमा कपडा ल्याइरहेको अवस्था मा फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका डि एस पी रबि रवालले जानकारि दिनु भएका छन । सुचनाको आधारमा उक्त गाडी रोकी चेकजाँच गर्दा गाडीमा ११ पोका कपडा रहेको पाईएको डि एस पी रवालले बताए ।

उक्त गाडी चालक रौतहट जिल्लाको राजदेवी न.पा.वडा नं.९ बस्ने नथुनी दासको छोरा २०वर्षिय मुकेश कुमार दास लाई सोधपुछ गर्दा उक्त परिमाणको कपडाहरु चन्द्रपुर स्थित विभिन्न पसलहरुमा पठाउनको लागी पल्वी जेनरल सप्लायर्सले पसलहरुको नाउँमा पठाउने र भैट बिल नभएको ईलाका प्रहरी कार्यालय गरुडामा बुझाईएको छ

गरुडा प्रहरी कार्यालयमा थप अनुसन्धान गरी उक्त गाडी कपडा र चालक मुकेश कुमार दासलाई अवाश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया,बारा पठाईएको गरुडाका डिएसपी रबि रवालले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय