संकेत तस्बिर

बर्दिबास, मंसिर ३ गते । महोत्तरी जिल्लाको बर्दिबासमा तेल ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार दाजुभाइ मध्य एकजना दाजुको मृत्यु र भाइ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार अर्का व्यक्ति समान्य घाइते भएका छन् । ना ७ ख ३५२१ नम्बरको तेल टयाङकर पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ग ९ प ५३२१ नम्बरको मोरसाईकललाई ठक्कर दिएको हो ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुधवार बिहान स्थानीय भावना प्रेट्रल पम्पमा तेल हालेर पोखरा तर्फ जादै गर्दा सिन्धुलि रोडमा एक्कासि ट्याङकरले ठक्कर दिदा मोटसाईकल सवार दाजुभाई मध्ये पछिाडि बस्ने सिन्धुली तिन पाटन गाउँपालिका १० और बस्ने वर्ष २६ को दाजु आशालाल परियारको मृत्यू भएको हो ।

परियारलाई बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिए ।

तेल टयाङकर र चालक प्रहरी नियन्त्रनमा रहेको उपरीक्षक चापागाईले बताए । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्प्ताल जनकपुर ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय