• विजयकुमार साह

ढल्केवर (धनुषा) । कोरोना भाइरसको महामारी बढ्दो सङ्क्रमणबाट सुरक्षित रहन घरमा सुरक्षित एकसाथ छठ पर्व मनाउन ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले आग्रह गरेको छ ।

धनुषाको मिथिला नगरपालिकाको सबै वडा माइकिङ्ग गरेर ईप्रका ढल्केवरले घरमा सुरक्षित साथ छठ पर्व मनाउन आग्रह गरेको हो । माइकिङ्ग मार्फत सुचित गर्दै हिडेका प्रहरीले जलाशय क्षेत्रमा भीड नलगाउन र साँस्कृति प्रोग्राम जस्ता कृयाकलप नगर्न स्थानीय समुदायसँग आग्रह गरेको ईप्रका ढल्केवरका प्रहरी नीरिक्षक तिर्थ कार्कीले जानकारी दिए ।

उनले कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन यस वर्षको छठ पर्व घरमै परिवारसँग मिलेर छठ पर्व मनाउन आग्रह गरे । मिथिला नगरपालिका श्रीपुरस्थित पोखरी, विश्वकर्मा चौकस्थित पोखरी लगायत जलाशय क्षेत्रमा छठ पर्वका दिन अत्याधिक भीड लाग्ने गरेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय