जनकपुरधाम । आज (मंगलबार) देशका विभिन्न भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र धेरै स्थानमा चिसो बढ्ने मौसम विज्ञान विभागले बताएको छ ।

विभागले दिएको जानकारी अुनसार मंगलबार राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा भने मौसम सामान्यतया सफा नै रहने छ ।

देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू-भागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध पनि गरेको छ ।

यद्यपि, प्रदेश १, प्रदेश २ र बाग्मति प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा भोलिसम्म सामान्य हिमपातको सम्भावनासमेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय