रौतहट । भारतिय सिमा नाकामा यो वा त्यो वहानामा कमजोर प्रहरो प्रसाशनको कारण तस्करीका घटनाहरु दिनानुदिन बढिरहेको छ । यसैक्रममा रौतहट जिल्लामा पर्ने प्रहरी चौकी बंकुलका असई रवि कुमार लामाले बंकुल नाकाबाट तस्करीको लाइन दिएको खबर प्राप्त भएको छ ।

स्रोतका अनुसार तस्करहरूले चौकी इन्चार्ज लामालाई दैनिक ३० हजारको दरले रकम दिएर तस्करीको लाइन चलाएका छन् । लामाको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा मोतीम अंसारी कोपवा , विजय कुशवाहा बंकुल, संजय यादव सीतल्पुर ,उमेशकलवार सर्मूजवा , वीरेन्द्र यादव बंकुल , र हेम चन्द यादव बंकुलका रहेको समाचार स्रोतले बताएको छ ।

प्रहरी सेटिङमा उनीहरूले ठूलो मात्रामा इन्डियाबाट ईलेक्ट्रॉनिक पार्ट्स ,लत्ताकपडा, गाडी को पार्ट्स, हार्डवेयर,ब्याट्री,मोबाइल, काजु, किसमिस, सुर्ती, राजनिवास, रजनीगन्धा, पानपराग, मैदा,चिनी ,आलु ,प्याज ,खाने तेल, चपल,खसी बाख्रा, राँगा, भैंसी देखी हुण्डी कारोबारी लगायतका सामानहरु भारत बाट नेपाल तर्फ भित्र्याउने गरेका छन् । त्यस्तै नेपाल बाट भारत तर्फ केराउ,मटर , मरिच, छोकडा, खुकुरी चुरोट,कवाड, लगायतका सामान तस्कर गिरोहहरुसँग इन्चार्ज लामाले मासिक लाखौ रुपैया बुझे पश्चात तस्करीको लाइन दिएको श्रोतले जानाएको छ । रातिको समयमा प्रति दिन लाखौ लाखको मालसमानहरु सीमा नाका हुदै आयात निर्यात हुने गरेको बताए। दैनिक दश लाख भन्दा बढीको कपडा उनीहरूले प्रहरी सेटिङमा भन्सार छलि तस्करी गरिरहेको स्रोतको दावी छ ।

तस्करहरूसग असई लामा आफैले रकमको लेनदेन गर्ने गरेको एक व्यापारीले नाम नबताउने शर्तमा बताए । तस्करहरुले दिनको समयमा कम गतिविधि गरे पनि रातिको बेला रातभर सीमा नाकाको गाउँहरु हुँदै तस्करी गर्ने गरेको र रातभरि ओहोरदोहोर गर्ने गरेको स्थानिय बताउँछन् ।लामाले जहाँ कार्यरत रहँदा पनि सधै विवादमा परिरहने असई हुन । लामा धरमपुर चौकी बस्दा पनि १ महीना मै मदिरा काण्डमा परि इलाका प्रहरी गरुडामा तानिएको थियो । उ सँग कार्य कमाण्ड कंट्रोल गर्ने क्षमता नभए पछि धरमपुर बाट तानेर गरुडा मा थान्काएको थियो । असई लामाको काम कार्बाहीप्रति माथिल्लो निकायले कुनै चासो नदेखाउनुले माथिल्लो तहका हाकिम समेतमा यिनले सबै सेटिङ मिलाईसकेका रहेछन् भन्ने कुरा सबैले प्रष्टै बुझ्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कर्मचारीहरुलाई प्रहरी उपरीक्षक सिध्दि विक्रम शाहले जति कडा निर्देशन दिए पनि मातहतका युनिट बाट तस्करी रोकिएको छैन ।असई लामा कसको संरक्षणमा उपरीक्षक शाहले जति कडा निर्देशन दिए पनि उनकै पीठपिछाडि डिएसपी भरत श्रेष्ठले मासिक र आर्थिक लेनदेन गरि विवादित र बदनाम इन्चार्ज लामा लाई सँरक्षण गरिरहेका छन ? यस्ता गैर जिम्मेवार इन्चार्ज प्रती माथिल्लो निकाय को ध्यान जान अति आवश्यक देखिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय