सिरहा २८ कार्तिक । सिरहाको बिष्णुपुर गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै स्थानीयले जुलुस निकालेर प्रदर्शन गरेका छन ।कोणसभामा बोल्दै वडा १ का वडाअध्यक्ष गोपिन्द्र यादवले गा.पा अध्यक्ष जागेश्वर यादबको तानाशाहीले गाउँपालिकाको अस्तित्वमाथी नै खतरा रहेको भनेका छन । उनको अनुसार वडा १ मा १६ वटा सार्बजनिक पोखरी छन् जुन वडा अध्यक्ष समेतलाई जानकारी नदिई नाटकीय ढंगले ठेक्कामा दिईएको छ ।कार्यकर्ता पालनको निम्ति सरकारी ढुकुटी सकाउदै गा.पा अध्यक्ष यादव मोजमस्तीमा लागेका छन ।त्यसैगरी स्थानीय एक युवा नेता संतोष यादव ले भने ‘बिभिन्न विकास निर्माणको कार्य देखि लिएर कर्मचारी भर्ना , शिक्षक भर्नाको नाममा गाउँपालिका अध्यक्ष जागेश्वर यादबले गाउँपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय