• सबिन यादब

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा न.११ बलकावामा जिल्ला अस्थरिय फुटबल प्रतियोगिता आज भब्यताका साथ सम्पन्न भएको छ ।

बुधबार नेपाली कांग्रेस निकट तरुण दलका नगर अध्यक्ष निरज सिंहको अध्यक्षता तथा नेपाल तरुण दलका जिल्ला सदस्य युवा नेता अरबीन्द मण्डलको प्रमुख अतिथिमा प्रतियोगिता उदघाट्न गरिएको थियो ।

सिरहाको गोलबजार नगरपालिका ११ बलकावामा भएको जिल्ला अस्तरिय फुटबल प्रतियोगितामा फाइनल खेलमा नेपाल तरुण दल बलकावा २ का टिम र गोलबजार २ फुटबल क्लब टिम बिच भएको हो । फाइनल खेलमा जिरोको बिरुदध १ गोलले नेपाल तरुण दल बलकावाका टिम बिजय भएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार ५ सय र दोस्रो हुने टिमलाई २० हजार ५ सय नगद सहित सिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
स्थानीय ब्यापारी प्रवीण साह र रामसगुन यादबले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

फाइनल खेलमा प्रमुख अतिथिमा नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादव र बिशेष अतिथिमा नेपाली कांग्रेसका प्रत्यासी नेता अमर रेग्मी ,
किसान संघका जिल्ला सभापति कौशल मण्डल, गोलबजार नगर सभापति लाल बाबू साह, नेपाली कांग्रेस का जिल्ला सचिब पन्चलाल महतो, नरहा गा.पा २ का वडा अध्यक्ष ग्यान्देब सिंह दनुवार, नेपाल तरुण दलका जिल्ला सदस्य एबम युवा नेता अरबिन्द मण्डल गोलबजार नगर अध्यक्ष निरज सिंह, सरवण मण्डल, शेखर यादव , जितेन्द्र कु. यादव, महेश्वर यादव , बिजय मण्डल, रामसोगारथ यादव, बिपुल साह, रमेश राय, आदित्य सिंह, आदि युवा नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय