धर्मेन्द्र प्रसाद यादव/पर्सा – पर्साको छिपहरमाई गाउँपालिका-५ भिष्वा र जानकिटोला नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी कार्य मौलाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही भ्रष्ट मातहतका इन्चार्जहरुले तस्कर गिरोहहरुसंग साँठगाँठ गरिसके पश्चात सीमावर्ती क्षेत्रहरुबाट तस्करी कार्य मौलाएको हो ।पर्साको भिष्वा र जानकिटोला नाका हुदै प्रहरीहरुकै सहयोगमा तस्करी कार्य सुचारु भएको छ । तस्कर संगठनहरुले दुबै प्रहरीसंग समन्वय गर्नको निम्ति लाखौ रुपैयाँ दिएपछि तस्करीको कार्य सुचारु भएको हो ।

भिष्वा र जानकिटोला नाका हुदै दिनप्रति दिन इन्डियाबाट ईलेक्ट्रॉनिक पार्ट्स ,लत्ताकपडा, गाडी को पार्ट्स, हार्डवेयर,ब्याट्री,मोबाइल, काजु, किसमिस, सुर्ती, राजनिवास, रजनीगन्धा, पानपराग, मैदा,चिनी ,आलु ,प्याज ,खाने तेल, चपल,खसी बाख्रा, राँगा, भैंसी देखी हुण्डी कारोबारी लगायतका सामानहरु भारत बाट नेपाल तर्फ भित्र्याउने गरेका छन् । त्यस्तै नेपाल बाट भारत तर्फ केराउ, मरिच, छोकडा, खुकुरीरी सिगरेट,कवाड, लगायतका सामान तस्कर गिरोहहरुले सशस्त्र प्रहरी भिष्वा का इन्चार्ज सञ्जिव बाँनिया , प्रहरी चौकी भिष्वा का इन्चार्ज प्रेम मिश्रा र जानकीटोला चौकीका इन्चार्ज सूर्य नारायण चौधरीले मासिक लाखौ रुपैया बुझे पश्चात तस्करीको लाइन दिएको श्रोतले जानाएको छ ।

श्रोतका अनुसार रातिको समयमा प्रति दिन लाखौ लाखको मालसमानहरु सीमा नाका हुदै आयात निर्यात हुने गरेको बताए ।स्थानीय प्रहरी चौकी र स्थानीय बोर्डर आउट पोष्टको मिलोमतोमा तस्करी कार्य फस्टाएपनि सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका र जिल्ला प्रहरी पर्सा प्रमूख प्रहरी उपरीक्षक गंगा पन्तको नजर नपुगेको हुनाले तस्कर गिरोहले भिष्वा र जानकिटोला नाकामा सकृय भएका छन । यता स्थानिय प्रसाशनले सीमाको मुख्य नाकाहरु देखवाको लागि बन्द देखाएर साइड बाट तस्करी गराइरहेका छन । स्थानीय प्रहरी प्रशासनलाई मासिक १ लाखदेखि ३ लाखसम्म मासिक नजराना तस्कर गिरोहले दिने गरेको एक व्यापारीले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन् ।

त्यस्तै विभिन्न संचार मध्यमा तस्करी घुमुवाको बारेमा उजागर भएपछि बंजारी बीओपी का इन्चार्ज सञ्जिव बानियाँले आफू माथि छानबिन हुने डरले घुमुवा हटाएका छन । केही दिन अघि अनरजित गिरीकाे भारतबाट आउदै गरेको भैंसी छिपहरमाई वडा नम्बर १ भलुवहिया ओरिया खाेलामा राेकेर घुमुवा श्याम यादवले ७ हजार रूपैयाँ लिएर बानियाँकै आदेशमा छाेडेकाे कुरा बाहिरिए पछि उनलाई घुमुवाबाट हटाइएको थियो । त्यो काण्डमा निरीक्षक बानियाँलाई पनि छानबिन हुने देखिएपछि घुमुवा हटाएर उनी कारवाहीबाट जाेगिएका थिए। साे कुरा स्थानीय संचार माध्यममा पनि व्यापक भएको थियो ।श्याम यादवलाई घुमुवा बाट हटाएपछि बानियाले वरिष्ठ हवल्दार दिनेश यादव र सिपाही सुरेन्द्र यादवलाई घुमुवाका रूपमा परिचालन गरेका थिए । सशस्त्र प्रहरीको बनजारी स्थित बिओपी इन्चार्ज सञ्जिव बानियाँले परिचालन गर्दै आएका घुमुवाहरूले तस्करसंग रकम लिई ठूलो मात्रामा तस्करी संचालन गराएको कुरो बाहिरिए पछि अहीले हटाइएको हो ।

हुन त भिष्वा चौकीका इन्चार्ज सइ प्रेम मिश्रा जता गएपनी विवादमै तानिन्छन् । यसअघी परवानीपुर बस्दा पनि एक महीनमा उनको पूरै टोली नै परिवर्तन गरिएको थियो । मांस देखी मदिरा सम्मको उक्त भोजका लागि आवश्यक रकम भने तस्करहरुबाटै उठाइएको थियो । चौकी इन्चार्ज मिश्रले घुमुवा प्रहरीको रुपमा प्रहरी हवल्दार सुरेश कुशवाहालाइ परिचालन गरी भोजका लागि आवश्यक बजेट संकलन गरेको श्रोत बताउँछ । भोजका लागि भन्दै घुमुवा प्रहरी कुशवाहाले तस्करहरुबाट दररेट तोकेर रकम संकलन गरेका थिए ।

कोरोना महामारीका कारण प्रहरी मुख्यालयले विगतमा हुँदै आएको बडाभोजदेखि बलि काटमार सबै रोक्न निर्देशन दिएको छ । मुख्यालयदेखि प्रदेशमा समेत काटमार र भोजभतेरको कार्यक्रम रोकिएको बेला जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी भिस्वामा भने व्पापारीदेखि तस्कर र केही राजनीतिक दलका नेता कार्यकर्ताका साथै जनप्रतिनिधिहरूलाई बोलाएर भव्य भोज भतेर गरिएको गियो । प्रहरी चौकी भिस्वाका इन्चार्ज सइ प्रेम मिश्रले दशैंको अवसर पारेर दिउँसो १ बजेदेखि राति ८ बजेसम्म मदिरासहितको भोज गरेका थिए ।उक्त भोजमा १ बजेदेखि ४ बजे सम्म पार्टीका कार्यकर्ता , नेतालाई बोलाइएको थियो भने त्यसपछि व्यापारी र तस्करलाई बोलाइएको थियो ।

भारत सँग सिमाना जोडिएको भिस्वा नाका पछिल्लो समय तस्करहरूको लागि उर्वर भूमि बनेको छ । उक्त नाकाबाट भैंसी र रंगाको तस्करी पनि व्यापक मात्रामा चलेको छ । भैंसी र राँगाका तस्करहरूले प्रहरीको हकमा १ हजार र सशस्त्रको हकमा १५ सय रूपैयाँ प्रतिसंख्याको दरले दिदै आएका छन् । यी तस्करहरुसँग सेटिङ मिलाउने काम भने प्रहरीका घुमुवा हवल्दार सुरेश कुशवाहले गर्दै आएका छन् । सीमा क्षेत्रबाट हुने चोरी तस्करी रोक्नकालागी घुमुवा प्रहरी परिचालन गरिएको भनिएतापनी घुमुवा प्रहरीले उल्टै भिष्वा मा आतंक मचाएको आरोप स्थानियको छ ।

त्यस्तै जानकिटोला प्रहरी चौकीका सई सूर्य नारायण चौधरीकै संरक्षणमा ठूला जुवाखाल चलिरहेको श्रोतको दाबी छ । यो कुरा इलाका प्रहरी पोखरिया र जिल्ला प्रहरी विरगंज पर्सा सम्म पुगिसकेको भएपनी पेशेवेर जुवाडेले प्रहरीसँग सेटिङ मिलाएर धन्दा चलाउने क्रम रोकिएको छैन । अहिले यो समूहले जानकीटोला क्षेत्रको विभिन्न ठाउँ सारेर ठूलो जूवा अखडा संचालन गरिरहेका छन । जानकीटोला चौकी लाई २ हजार दैनिक दिएर चलाएको एक जना जुवाडेले नाम नखोल्ने सर्तमा बताएको थियो ।माथिको सबै जिम्मा र सूचना इन्चार्ज चौधरीले दिने गर्छन । भिष्वा नाका पर्साको दोस्रो नाकाको रुपमा चिनिन्छ र त्यहा पावर या पैसा पेलेर हाकिम को आशिर्वाद प्राप्त भएको इन्चार्ज मात्रै जान्छन । भिष्वा- सिक्टा एक वापस मा टाँसिएको छ । २० मिटर को पनि ग्यापिङ पनि छैन । त्यहा घुमुवाहरुले नै तस्करलाई सघाउने गर्छन ।

सशस्त्र प्रहरीले नामको लागि मैन नाका मा तारकाटी लगाएको र दिनको टाइममा वडा कार्यलाय को अगाडि को बाटो प्रयोग गरेर भिष्वा का तस्करहरुले नेपाल बाट आउने मटर मरिच नेपाली सामान जानकीटोला र भिष्वा स्टोर गरेको गरेर टाइम पाउने बितिकै कटौ छ । घुमुवा को इसारा मा र इन्डिया बाट आउने सामान नेपाल को विरगंज , पोखरिया,जितपुर जस्तो ठाउ मा पुग्ने गर्छ । जानकीटोला नाका मा इन्डिया को मैनाटाड र इनर्वा बाट आउने गर्छ भने भिष्वा नाका मा इन्डिया को सिक्टा बाट आउने गरेको छ ।

लेबर मजदुर प्रयोग गरि थोरै थोरै सामान दिन भरी कटाएर स्टोर मा जम्मा गर्छन र राति को टाइममा घुमुवा महतोले सबै घुमफिर गरेर बहिराको प्रसासन कोहि नहोस लाईन क्लियर गरेर तस्कर हरुलाई उचाल्दै काम गराउछन । यस्ता इन्चार्ज र घुमुवाहरु प्रती सम्बँधित निकाय को ध्यान जान अति आवश्यक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय