जनकपुरधाम, कार्तिक २९ गते । प्रदेश २ सरकारले पाँचवटा बस धनतेसकाे उपलक्ष्यमा खरिद गरेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म चलाउन भनतेरसकाे अवसरमा पाँचवटा बस खरिद गरेको हो ।

आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम अनुरुप ५ वटा बस खरिद गरेको र केहि दिन भित्रै संचालन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

सस्तो भाडादरमा जनताको सहज यातायात सुविधाको लागि लागि बस खरिद गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले केहिदिन भित्रै औपचारिक कार्यक्रम गरेर मात्र अधिकारिक रुपमा बस खरिद गरेको विषयमा जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय