जनकपुरधाम । सहरी विकास मन्त्रालयले सबै सहरी सडकमा अनिवार्य रूपमा साइकल लेन हुनुपर्ने जनाएको छ।

सहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भए पनि निर्माण भने हुन सकेको छैन।

मन्त्रालयले अब बन्ने र बनिरहेका सबै सहरी सडकमा साइकल लेन बनाउनुपर्ने स्पष्ट पारेको हो।

सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सबै सहरी सडकमा साइकल लेन बनाउनुपर्ने बताएका हुन्।

sanimabidh lab
उनले साइकल लेनसहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबनाएको भए तत्काल बनाउन समेत निर्देशन दिएका छन्।

नेपाल साइकल सोसाइटीले शुक्रबार सबै सहरी सडकमा साइकल लेन बनाउन माग गर्दै अनुरोधपत्र बुझाएका थिए।

सो भेटमा मन्त्री श्रेष्ठले १० बुँदे अनुरोधपत्र बुझ्दै सहर विकाससँगै साइकल लेनको विस्तार गर्नुपर्ने बताए।

‘वातावरण र आर्थिक रूपमा समेत प्रभाव पार्ने विषयमा मन्त्रालयले ध्यान दिनेछ,’मन्त्री श्रेष्ठले भने, ‘साइकल प्रेमी युवा अभियन्ताले दिएका सुझावलाई कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिनेछु।’

ncell in
सुझावबारे विस्तृत अध्ययन गर्न तत्काल कार्यदल बनाउने र सातै प्रदेश र ठूला सहरका स्थानीय निकायमा सल्लाह गर्ने बताएका थिए।

सल्लाह गरी सबै सडकमा साइकल लेन बनाउन अगुवाइ भूमिका खेल्ने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय