फाइल तस्वीर

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सामानसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

प्रहरी अधिकारीका अनुसार बिहिवार साँझ फ्लाई दुबाईबाट दुबई जान लागेका तीन चिनियाँ नागरिकहरुलाई अबैध सामानसहित पक्राउ गरिएको हो ।

स्रोतका अनुसार ई ४८९८२२६२, ईएफ ६०९७७१५ र ईडी ८३३२९१७ नम्बरको राहदानी बाहक क्रमशः लिओ विझी, लिओ जिङसियाङ र डुपेईलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ४५ सेट मोबाइल, ४ सय ८३ पीस एनसेल सिमकार्ड, २० पिस स्मार्ट सिमकार्ड र ६ पिस कम्प्युटर मोनिटर समेत बरामद् गरेको छ ।

घटनाका विषयमा अपराध महाशाखाको टोलीले थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय