महोत्तरी, कार्तिक २९ गते । महोत्तरी प्रहरीले भन्सारछली गरी भारत तर्फ निकासी गर्न लागेको १८ हजार ३ सय बोतल मदिरा नष्ट गरेको छ ।

गौरव, बिङ्गो लगायतको विभिन्न नामका २५० मि.ली.को १८ हजार ३ सय बोतल अर्थात ४ हजार ५ सय ७५ लिटर मदिरा शुक्रबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ७ स्थित खुल्ला स्थानमा खाल्डो खनी सो मदिरा गाडेर नष्ट गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय