वीरगंज २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्सा जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाँउपालिका कमिटीका सचिव स्व. मुकेश चौरसियाको हत्या र वहाँ प्रति श्रद्दाञ्जली अर्पण गर्न आयोजना गर्ने भनिएको श्रद्दाञ्जलीे सभा कार्यक्रमलाई जोडेर केही सञ्चार माध्यम र सामाजिक संजालहरुमा आर्थिक सहयोग संकलन सम्वन्धि भ्रामक सामाचाहरु सम्पे्रषण भएको प्रति नेकपा पर्साको गम्भीर ध्यानआकर्षण भएको जनाइएको छ ।

जिल्ला सचिव विजय प्रसाद महतोले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गरी स्व.चौरसियाको हत्यामा संलग्न मध्ये केही गिरफतार भई प्रहरी हिरासतमा रहेका हत्याराहरुको मतियार भई केही पत्रपत्रिका र अनलाईनहरुले पार्टीको जिम्मेवार नेताहरुको नाम र फोटोहरु प्रकाशन गरी लान्क्षना सहित अनर्गल प्रचार गरिएको निन्दनिय समाचारहरु प्रति घोर भत्र्सना गरिएको छ ।

श्रद्दाञ्जली सभा, उपचार खर्च र पिडीत परिवारलाई गरेको सहयोगको खर्च विवरण यसै विज्ञप्ती संग सार्वजनिक गरिएको छ । यस अतिरिक्त आर्थिक सहयोग र चन्दा उठाएको विवरण भए प्रमाण सहित जानकारी गराउन विज्ञप्ती मार्फत अपिल पनि गरिएको छ ।
सचिव महतोले जारी गर्नु भएको विज्ञप्तीमा स्व.चौरसियाको हत्याबाट हाम्रो पार्टीलाई अपूरणीय क्षती भएको र यस दुःखको घडीमा पिडीत परिवारजनप्रति सहानुभुति प्रकट गर्नुको सट्टा हत्या र हत्याराहरुलाई नै सहयोग पुग्ने गरी सम्मानित क्षेत्र संचार जगतबाट नै भईरहेको भ्रामक सूचना सम्प्रेषण वारे के भन्ने रु प्रश्न गरिएको छ ।
सार्वजनिक गरिएको आय –व्यय खर्च विवरणको अत्तिरिक्त कतै वा कसैबाट स्व. मुकेशको नाममा आर्थिक चन्दा र सहयोग नउठाईएको अनुरोध गर्दै यदि कसैबाट हाम्रो मंजुरी बेगर कसैबाट भए गरेको हो भने दण्डनिय हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । स्व. चौरसियाको हत्या भएको दिन देखि लिएर शव व्यवस्थापन र दाह संस्कार सम्म १४६००० आर्थिक सहयोग पार्टीले लिएको र खर्च १५४००० भएको जारी विज्ञप्तीमा उल्लेख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय