स्पेश जेनेरेशन एडभिजरी काउन्सिल एस्टइड सर्च काउन्सील नामक सँस्थाले सो अभियानको लागि टिम छनौट

जनकपुरधाम । अंतरिक्ष सृजन सलाहकार परिषद ( Space Generation Advisory Council) ले क्षुद्रग्रह खोज अभियान ( Asteroid Search Campaign ) को लागि नेपालबाट ३ वटा टिमलाई छनौट गरे जसमा जनकपुरका एकजना पनि छनाैट गरेको छ ।

परिषद्ले आकाशमा हुने क्षुद्रग्रहको हलचलबारे जानकारी तथा क्षुद्रग्रहको बारेमा खोजबिन गर्नको लागि नेपालबाट छनौट भएको ३ वटा टिममध्ये एक टिममा जनकपुरबाट पनि सहभागी भएको छ ।
जनकपुरधाम उपमहानरपालिका वडा नं. २ कदमचोक बस्ने १७ बर्षिय रँजन शर्मा लाई छनौट गरेको ३ टिममध्ये टिम सेलेस्टीयल बाट छनौट हुन सफल भएका छन् । अन्तरिक्ष सृजन सल्लाहका परिषदले नियमित पठाउने फोटोमा क्षुद्रग्रह भएको वा नभएको तथा अन्य केही भएको भनेर फोटोबाट पत्ता लगाउन अभियान थालेको छ ।
Link :
फोटोमा हेरेर विद्यार्थीले क्षुद्रग्रह भएको वा नभएको तथा अन्य केही भएमा खोज गरी परिषद्लाई बुझाउनुपर्नेछ । अन्य २ टिम भने हेलोमिनाटी र अस्ट्रोस्टार रहेको छ । शर्माको टिममा जम्मा ५ जना सदस्यहरु रहेको बताएका छन् ।
उनले भने, –“क्षुद्रग्रह खोजेर पठाउनुपर्ने हुन्छ । तस्विरमा कुन ठाउँमा क्षुद्रग्रह हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ । जसको लागि नेपालबाट ३ वटा टिम छनौट भएको छ । सोधिएको प्रश्नको जवाफको आधारमा नेपालभरिबाट ३ वटा टिम छनौट भएको र टिम सेलेस्टीयलको लिड गरिरहेको छु ।”
प्रत्येक बर्ष यो अनुसन्धानको लागि १ हजार भन्दा बढी टिमहरु फाराम भर्ने गरेकोमध्येमा ८० भन्दा बढी देशबाट ५० वटा टिम मात्र छनौट हुने गरेको छ । जसमा यसपाली ३ वटा टिम नेपालबाटै रहेको छ ।
स्पेश जेनेरेशन एडभिजरी काउन्सिल एस्टइड सर्च काउन्सील नामक सँस्थाले सो अभियानको लागि टिम छनौट गरेको हो । छनौट भएका टिमले नेपालबाट प्रतिनीधित्व गर्नेछ । लिडर रहेका शर्मा काठमान्डौ स्थित सेन्ट जेभियर कलेजमा नाम निकालेर ए लेभल मा अध्ययनरत छन् ।
यसअघि उनले ललितपुरको महालक्ष्मीस्थित रहेको गम्भिर समुद्र सेतु विद्यालयबाट एईईमा २०७७ को ब्याचका टपर हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय