रबिन्द्र प्रजापति ,२७ कार्तिक रौतहट । ईलाका प्रहरी कार्यालय गरुडाले विभिन्न समयमा बरामद गरेको अबैध घरेलु मदिरा तथा भन्सार छली ल्याएका पटकाहरु नस्ट गरेको छ ।

कार्यालय तथा मातहत समेतबाट बिभिन्न मितिमा वेवारिसे अवस्थामा फेला पारी बरामद गरीएका अवैध घरेलु मदिरा १६० लिटर र भारतबाट चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा बरामद भएको अतिसवादी ९पटकाहरु० ईप्रका गरुडाको कार्यालय देखी पुर्व, उत्तर गौर चपुर सडक खण्ड स्थित सडकको पश्चिम किनारमा ईलाका प्रशासन कार्यालय गरुडा, गरुडा नगरपालिका गरुडा रौतहटको प्रतिनिधी तथा पत्रकारहरुको रोहवरमा उक्त मदिरा र आतिसवादी ९पटकाहरु० नष्ट गरिएको ईलाका प्रमुख डिएसपी रवि रावलले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय